Dubai Police — UAE भित्र हुनुहुन्छ भने
🇦🇪 यूएईको सेवा
🇦🇪 यूएईमा बस्नेका लागि
AED 255.00
⏱ 3–7 कार्य दिन (अनुमानित) · Ajman Office
यो सेवा के हो?
Dubai Police बाट जारी हुने Police Clearance Certificate। UAE Pass अनिवार्य। दुबईको भिसा भएकालाई यही चाहिन्छ।
📁 चाहिने कागजात
- Emirates ID
- Passport copy
- Recent photograph
WTS सरकारी निकाय होइन। प्रमाणपत्र Dubai Police वा UAE गृह मन्त्रालय (MOI) ले जारी गर्छ र MOFA छाप परराष्ट्र मन्त्रालयले लगाउँछ। हामी तपाईँको आवेदन तयार गरेर बुझाउने, पछ्याउने र आएको कागजात तपाईँसम्म पुर्याउने काम गर्छौं। जारी गर्ने, नगर्ने वा थप कागजात माग्ने अधिकार पूर्णतः सम्बन्धित निकायको हो। लाग्ने समय पनि निकायले नै तय गर्छ — हामी छिटो आवेदन दिन र पछ्याउन मात्र सक्छौं; भनिएको अवधि अनुमान मात्र हो, वाचा होइन।
💰 शुल्क र फिर्ता
• सरकारी/निकाय शुल्क फिर्ता हुँदैन — आवेदन बुझाइसकेपछि त्यो रकम निकायले लिइसकेको हुन्छ।
• प्रमाणपत्र जारी नभएमा WTS सेवा शुल्कको ७०% फिर्ता हुन्छ; बाँकी ३०% भइसकेको कामबापत कट्टा हुन्छ।
• तपाईँले दिनुभएको गलत वा अपूर्ण विवरणका कारण अस्वीकृत भएमा फिर्ता हुँदैन।
• UAE Pass को स्वीकृति तपाईँ आफैँले दिनुपर्छ — त्यसमा ढिलाइ भएमा हाम्रो नियन्त्रणबाहिर हो।
• MOFA छाप छुट्टै चरण हो: PCC जारी भएपछि मात्र सुरु हुन्छ र त्यसको शुल्क छुट्टै लाग्छ।
• निकायमा बुझाउनुअघि रद्द गर्नुभएमा सरकारी शुल्क तिरिसकेको भए मात्र त्यो कट्टा हुन्छ।
Dubai Police — UAE भित्र हुनुहुन्छ भने
आवेदन दिनुहोस् →